नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्द्घाटन गर्ने कार्यक्रम रहेको छ । केही जिल्लामा भने प्राविधिक कारणले पालिका अधिवेश सारिएको छ । बाढीपहिरो प्रभावित केही जिल्लाहरूमा पनि आज अधिवेशन नहुने एमालेले जनाएको छ ।