Comments Add Comment

हेटौँडामा क्लोथ बैंक सञ्चालन , गरिव विपन्नलाई निशुल्क लुगा वितरण गरिने

हेटौंडास्थित हुप्राचौरमा शनिवारदेखि क्लोथ बैंक सञ्चालनमा आएको छ । हेटौंडा युवा अभियानको आयोजना तथा रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको सौजन्यमा क्लोथ बैंक सञ्चालनमा आएको हो । 


अभियानको आयोजनामा युवाहरुको एक समूहले पुराना लुगा संकलन गरेर विपन्न र गरिवलाई वितरण गरिने काम सुरु गरेका हुन् । हाम्रो लागि ठिक नभएको लुगा अरुको लागि नयाँ हुन सक्छ भन्दै उनीहरुले लुगा संकलन गरेर लुगा नभएका व्यक्तिहरुलाई वितरण गरिने उद्देश्य राखेको जनाएका छन् ।
शनिबारमात्रै १० जनाले लुगा लिएर गएका छन् । विभिन्न उमेरका बालबालिका र वृद्धहरुका लागि लुगा राखिएको र चप्पलहरु समेत राखिने लक्ष्य रहेको युवा अभियानका अध्यक्ष शाकार शिवाकोटीले बताए । गरिब असहायलाई सहयोग पुग्ने भन्दै क्लोथ बैँक सञ्चालनमा ल्याइएको शिवाकाटीको भनाई छ ।
शनिबारदेखि हेटौंडा ४ हुप्राचौर गेटस्थित सञ्चालनमा आएको उक्त बैंक एक फलामको सानो घरजस्तोमा कपडाहरु झुण्डाईएको छ । उक्त बैंकको हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले उद्दघाटन गरेका हुन् ।
सिग्देलले उद्घाटन गर्दै युवाहरुले गरेको कामको सफलताको शुभकामना व्यक्त गरे । उनले सरकारले गर्नुपर्ने काम युवाहरुले सुरु गरेको भन्दै आफनो तर्फबाट पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै सहयोगी विद्यालयका प्राधानाध्यापक केशवलाल श्रेष्ठले कसैको सानो सहयोग बाट कसैको मुहारमा मुस्कान आउने काम यस युवा अभियानले गरेको बताएका । नयाँ सोचका साथ युवाहरु अघि बढ्ेको बताँउदै आफुहरुले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर