Comments Add Comment

हेटौँडा उपमहानगरपालिकाले निर्धारण गर्यो मासुको मुल्य (मुल्य सहित)

हेटौंडा उपमहानगरपालिकाले मासुको मूल्यनिर्धारण गरेको छ । नगरप्रमुख हरिबोल महतको संयोजकत्वमा सर्वपक्षीय वैठकले खसीको मासु प्रतिकेजी ८ सय ८० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । साउन २५ गते शनिबारदेखि लागू हुने गरी मूल्य निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

Ad
Advertisement

माछामासु व्यवसायीले यसअघि मासु मूल्य निर्धारण गरेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । व्यवसायीले ८ सय रुपैयाँबाट ९ रुपैयाँ प्रतिकेजी खसीको मासु विक्री गरेका थिए । बोसोसहित खसीको मासु प्रतिकेजी ८ सय ८० रुपैयाँ तोकिएको हो । त्यस्तै राँगाको मासु ४ सय रुपैयाँ, फलमासु प्रतिकेजी ४ सय ५० रुपैयाँ कायम गरिएको बताइएको छ । भैंसीको मासु ३ सय रुपैयाँ, बाख्रीको ६ सय रुपैयाँ र पाठीको ७ सय रुपैयाँ कायम गरिएको छ । ब्रोईलर कुखुराको मासु प्रतिकेजी ३ सय ५० रुपैयाँ तोकिएको व्यवसायीहरुले जानकारी दिएका छन् ।

छलफलमा माछामासु व्यवसायी, उपभोक्ता मञ्चका प्रतिनिधि, हेटौंडा उपमहानगरका प्रतिनिधि सहभागी थिए । हेटौंडामा जिउँदो खसीबोका अनुमानको भरमा किनबेच हुने गरेकोले आगामी दिनमा तौल मेसिनको व्यवस्था गरी किनबेच गर्न पनि सुझाव दिइएको छ । मासुको मूल्य बढाउन दवाव दिने उद्देश्यले केही दिनअघि व्यवसायीले खसीको मासु विक्री बन्द गरेका थिए ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad