Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

संस्थागत शिक्षक युनियनको आन्दोलनमा शिक्षक संठन मकवानपुरको ऐक्यवद्धता

Company Register

नीजि शैक्षिक संस्थाका सञ्चालकहरुले शिक्षकलाई बेतलबी बिदा दिने निर्णय गरेपछि मकवानपुरका संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । लकडाउन भएको समयमा नीजि शैक्षिक संस्थाहरुले शुल्क लिन नपाउने सरकारको निर्णय पछि प्याब्सनले शिक्षकलाइ बेतलबी विदा दिने निर्णय गरेको थियो । शुल्क लिन नपाए उनिहरुले शिक्षकलाइ तलब खुवाउन तथा सरकारलाई कर तीर्न नसक्ने भन्दै यस्तो निर्णय गर्नुपरेको प्याब्सनले बताउँदै आएको छ । प्याब्सनले सरकारले सुझाएको बैकल्पिक शिक्षा अनलाइन कक्षाहरु समेत ठप्प पारी शिक्षकहरुलाई बेतलवी बिदा दिने निर्णय गरेको हो । तर यता संस्थागत शिक्षक युनियन (ईष्टु) ले भने शिक्षकहरुको रोजीरोटी खोस्न नपाइने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

Advertisement

संस्थागत शिक्षक युनियन राष्ट्रिय समिति (इष्टु) जिल्ला समन्वय समिति र नगरकार्य समितिले आज संयुक्त वक्तव्य निकाल्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । इष्टु मकवानपुरका अध्यक्ष सचिन लामा र हेटौंडा नगरका अध्यक्ष सिएम रिमालद्वारा जारी वक्तव्यमा साउन ५ गतेदेखि ८ गतेसम्म प्याब्सन र एनप्यााब्सनको निर्णय विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तीमा साउन ५ गते प्याब्सन र एनप्यााब्सनको तालाबन्दी गर्ने र विरोध पत्र टाँस्ने, साउन ६ गते बुद्धचोकमा कोणसभा गर्ने, साउन ७ गते मुख्यमन्त्री कार्यालयमा धर्ना दिने र साउन ८ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको उल्लेख छ । इष्टुको राष्ट्रिय समितिको निर्णय अनुसार आन्दोलनको कार्यक्रम घोषणा गरिएकाले सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन समेत विज्ञप्तीमा आग्रह गरिएको छ । अनलाइन कक्षा बन्द गरेर शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयको संस्थागत शिक्षक युनियन राष्ट्रिय समितिले विरोध गर्दै आन्दोलनको घोषणागर्ने निर्णय गरेको थियो ।

संस्थागत शिक्षक युनियनको आन्दोलन जायज रहेको र शिक्षकको हकहीत तथा पेशागत सुरक्षाको माग गर्दै शिक्षक संगठन मकवानपुरले पनि ईष्टु को आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालद्वारा हस्ताक्षरित जेष्ठ २ गते गतेको विज्ञप्तिमा विपत्तीका समयमा शिक्षकहरुप्रति गरिएको अमानवीय कार्य तत्काल रोकी पेशागत सुरक्षा गर्न गराउँन सम्वन्धित पक्षसंग आग्रह गरिएको छ । दाहालले अनलाइनपत्र संग कुरा गर्दै कुनैपनि हालतमा शिक्षकहरुलाइ बिना कारण वेतलबी बिदा दिन नहुने र श्रमको उचित सम्मान हुनुपर्नेमा शिक्षक संगठन सदैव लागि पर्ने बताउनुभएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...