Coronavirus COVID-19

कविता – ‘मिस्टर रबि लामिछाने'[ बैकुण्ठ लामिछाने] (भिडियो)

[Ads]

कविता – ‘मिस्टर रबि लामिछाने’

Advertisement

पर्चा पम्पलेटको सैतानी मस्तिस्कबाट
दोश्रो अध्यायमा फड्को मारेको
अधिबेशनमा पायको उपहारको छडके ब्यागको
सलामी तिर्न गौडामा निशुल्क भजन गाइरहेका हुलभन्दा अलि पर
पसिना काढी काढी
अरुको पसिनाको न्यायोचित मूल्य माग्न निस्कियको
एउटा ज्युदो मान्छे
अर्थात
मिस्टर रबि लामिछाने

लेखेर येमराजलाइ
गुडमर्निङ म्यासेज
कोपरेर आफ्नै आखाका चिप्रा
देश उज्यालो बनाउन
आफ्नो निस्तो दैनिकी भित्रबाट
एक घुटको देश पियर
आफ्ना मलामी कमाउन
बाचिरहेको एउटा मान्छे
आर्थात
मिस्टर रबि लामिछाने

येउटा युवा चेत
उर्जाशिल भनाइ सहितको प्रस्तुती
देशको ऐजेरु रोग चिर्न निस्कियको
अप्रमाणित डाक्टर
मिस्टर रबि लामिछाने
अरबमा अलपत्र चेलिको आवजले
रातको निन्द्रा चिथोरेर
भागदौडमा निस्कियको
येउटा योद्धा
बिना तलबको सिपाहि
देशले बोक्न बाकी येउटा हात
अर्थात
मिस्टर रबि लामिछाने

छातिमा देश बोकेर
पार्टिका गुलाम झन्डावाला नोकर हरुको
भिड छिचोलेर
कुलो कुलेसो सडक र सदनमा देश खोज्न निस्कियको
बिना झन्डाको आवाज
अर्थात
मिस्टर रबि लामिछाने
अनेक जालझेल र तिक्डम सङ जुधेर
सिँगौरी खेलेर दलका दलाली हरुसङ
उपहारमा पायको जीवन जसरी
देशको कलेटिमा
राहतको जिवनबुटी बोकेर निस्कियको
येउटा पागल
आर्थात
मिस्टर रबि लामिछाने

निडर आवाज र व्यवहार बोकेर
छातिमा आफ्नै मृत्युको जन्मकुन्डली च्यापेर
काचो वायु ओकलेर
आफ्नै पैतालोको माटोको मूल्य खोज्न निस्कियको
अप्रमाणित युगपुरुष
अर्थात
मिस्टर रबि लामिछाने
टिभिमा करायर बोलेर
सोचमा भुइचालो ल्याउन सक्ने
सडकमा उत्रियर
देशको मुटुको धडकन छाम्न सक्ने
समस्याको पहाडबाट
सुटुक्क समाधानका भाकाहरु निकाल्न सक्ने
देशले न्वारन गर्न बाकी एउटा रास्टृय
ज्युदो मान्छे
अर्थात
मिस्टर रबि लामिछाने

डिएनय परिक्षण हुन बाकी अराजक भिडबाट
निस्कियको
एउटा अप्रमाणित देशभक्त
सत्यको पुजारी
कुर्सीको दलाली बिरुद्ध बोल्न सक्ने
आवाजहरुको सङालो
आर्थात
मिस्टर रबि लामिछाने
यो कसैको भजन होइन
यो कसैको चप्लुसी होइन
यो देशको दुर्दसाको प्रतिचित्र हो
यो दलाल राजनितिको प्रसब पीडा हो
यो चोर फटाहा राजनैतिक डकैत हरुको
परिक्षाको परिणाम हो ।

लेखक : बैकुण्ठ लामिछाने

भिडियो हेर्नुहोस्

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...