Comments Add Comment

म्यानचेष्टर सिटीलाई २-० गोलले हराउदै आर्सनल फाइनलमा

एफ ए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । जितसँगै आर्सनल फाइनलमा प्रवेश गरेको छ । राति भएको सेमिफाइनल भिडन्तमा म्यानचेष्टर सिटीलाई २-० गोलले हराउदै आर्सनल फाइनलमा पुगेको हो ।

आर्सनलका लागि दुवै गोल कप्तान पियरिक ईम्रिक अबुमियाङले गरेका थिए। उनी खेलको १९ मिनेट र ७१ औं मिनेटमा गोल गर्न सफल भएका थिए । अर्को सेमि फाइनलको खेल आजै राति हुँदैछ । जसमा चेल्सी र म्यान्चेष्टर युनाइटेड भिड्नेछन् । त्यहाँबाट बिजेता हुने टोलिसँग आर्सनलले फाइनल खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर