Comments Add Comment

नेपालले आज ओमनसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज आइतबार नेपालले ओमानसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ः३० सुरु हुनेछ । हरेक सिरिजमा एक टोलीले अर्कोसँग दुई खेल खेल्ने छन् । नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो ।

नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिने सोचमा छ । ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै शनिबार घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर