Comments Add Comment

आईपीएल : मुम्बईविरुद्ध बैंग्लोरको सहज जित

आईपीएलअन्तर्गत ३९औँ म्याच मुम्बई इण्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ५४ रनले विजयी भएको छ। बैंग्लोरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १८।१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रोहित शर्माले ४३ र क्विन्टन डीककले २४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा हर्षल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए। उनले १७औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिँदै ह्याट्रिकस पूरा गरे। उनले क्रमशः हार्दिक पाण्ड्या, किरोण पोलार्ड र राहुल चाहरलाई आउट पारे। यससँगै उनी आईपीएलमा ह्याट्रिक लिने तेस्रो खेलाडी बनेका छन्। यसअघि सन् २००९ मा रोहित शर्मा र २०१७ मा शमूएल बद्रीले ह्याट्रिक लिएका थिए। यस्तै, मुम्बईविरुद्ध युजवेन्द्र चहलले ३ ग्लेन म्याक्सवेलले २ र मोहम्मद सिराजले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो।

उसका लागि कप्तान विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशतक पारी खेले। कोहलीले ४२ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन बनाउँदा म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५६ रन जोडे। क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला ।यस्तै, श्रीकर भारतले ३२ र एबी डिभिलियर्सले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। बलिङमा जसप्रित बुमराहले ३, ट्रेन्ट बोल्ट, एडम मिलने र राहुल चाहरले १–१ विकेट लिए। आरसीबी तेस्रो स्थानमै रहन सफल भएको छ। मुम्बई भने अंंक तालिकाको सातौं स्थानमा खस्किएको छ। मुम्बईले ८ र आरसीबीले १२ अंक जोडेको छ। ताकिलाको शीर्ष स्थानमा चेन्नई सुपर किंग्स रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर