यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडामा शहिद स्मृति मकवानपुर गोल्डकप फुटबल हुने
प्रतियोगिता यही फागुन २७ गतेदेखि चैत ७ गतेसम्म हुने

वागमती प्रदेशको राजधानी हेटौंडामा सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गतेदेखि चैत ७ गतेसम्म मकवानपुरका स्थानिय सरकारको सहयोगमा राष्ट्रिय फुटबल प्रतियोगिता गर्न लागिएको हो । आज हेटौंडाको जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विषयमा जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटनमा हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे आउने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलन प्रतियोगिताको तालिका समेत सार्वजानिक गरेको छ ।

Advertisement
स्थानिय सरकारको सहयोगमा स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबलको तेस्रो संस्करण हुने भएको हो । कोभिड–१९ पछि मोफसलमा पहिलो प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक प्रताप विष्टले जनाए । २०६२–०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण गर्न लागिएको हो । प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० वटा टिमको सहभागिता रहने संयोजक विष्ठले जनाए । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० स्थित वनविज्ञान संस्थानको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफि प्राप्त गर्नेछन् भने विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडीले ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दी म्याचले १० हजार पाउने छन् । प्रतियोगिता गर्न अनुमानित लागत ९४ लाख ४० हजार ५ सय लाग्ने आयोजकले जानकारी दिएका छन् ।