पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले देवकी माध्यमिक विद्यालयलाइ स्कुलबस हस्तान्तरण गरेको छ । शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकाले ३० लाख बजेट विनियोजित गरको थियो । सो बजेटबाट स्कुलबस खरिद गरी आइतबार एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यपक चन्द्र बहादुर थापा , विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष हस्त बहादुर थिङ , लाइ बसको साचो हस्तान्तरण गरेको हो ।

 

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले कार्यक्रममा बोल्दै सरकारी विद्यालयमा शैक्षिक सुधार गर्नुपर्ने ,शिक्षामा आउने चुनौति सामना गर्न सक्नुपर्ने, सबै बालबालिकालाई शिक्षाको पँहुचमा पु¥याउने, बस हस्तान्तरणले विद्यालयको गुणस्तरमा सुधार आउने गाउँपालिकाबाट नै डक्टर उत्पादन गर्ने गरि निती तथा कार्यक्रमम ल्यायको र यसलाइ प्राथामिकतामा राख्ने बताउभयो । यस्तै समाजसेबि तथा विद्यालय ब्यबस्थापन समिती पुर्व अध्यक्ष खडग पुलामीले शैक्षिक शुधारको लागि बसले पैदल हिँडेर विद्यालय अध्ययनको लागि जानु पर्ने बाध्यता हटेको विद्यालयमा टाढा बाट आउने विद्यार्थी भएकोले विद्यालय थकाई लाग्ने, पढ्न मन नलाग्ने, गृहकार्य गर्न नपाईने जस्ता समस्या समाधान हुने बताउभयो ।

 

विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर थापाले स्कुलबस सहयोग गरेकोमा बागमती गाउँपालिकालाई धन्यबाद व्यक्त गरे । कार्यक्रमा बागमती गाउँपालिकाका कार्यकारी प्रमुख शुक्रमान राइ ,बागमती गाउँपालिकाका ४ नं वडा अध्यक्ष रहर सिङ थिङ, बागमती गाउँपालिकाका ५ नं वडा अध्यक्ष बुद्वीमान माझी, लेखा प्रमुख झम्क घलान, शिक्षा साखा प्रमुख रमेस बिडारी लगायतको उपस्थीती रहेको थियो। यस विद्यालयमा ५ सय ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।