मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताल स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मञ्चले कोरोना भाइरसको संक्रमणका कारण परेको समस्यालाई ध्यान दिँदै अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । आइतबार मञ्चले हेटौंडा अस्पतलमै पुगेर एक कार्यक्रमका बीच १२० थान पिपिई सेट, ७५० वटा सर्जिकल ग्लोब्स, दुई हजार पिस माक्ससहित करिब दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य सामाग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रतिष्ठानका रजिष्ट्रर तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई हस्तान्तण गरेका हुन् ।

मञ्चका पूर्व अध्यक्ष दुर्गा दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मञ्चकै पूर्व अध्यक्ष राजकुमार गोलेले गरेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष सुनिल मोक्तान, मेसु डा।रामचन्द्र सापकोटा, मञ्चका महासचिव शुभराज भोम्जन, वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोन, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मञ्चका पूर्व अध्यक्ष, सदस्यलगायतको उपस्थिति रहेको थियो ।