मकवानपुरको भीमफेदी गाउँपालीकामा रहेको भिमफेदी कारागारका ३ सय ५५ जना कैदीहरुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ब्लक “क” र ब्लक “ख” गरेर ९ सय ७० जना कैदीहरुमा गरिएको परिक्षणमा ३ सय ५५ जना कैदीहरुमा कोरोना पोजेटिभ देखिएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाम थिङ्गले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएको बन्दिहरुलाई अलग स्वास्थ्य सावधानी अपनाई राखिएको बताइएको छ । कारागारमा रहेका अधिकांस कैदीहरुलाई कोरोना खोप कोभिसिल्ड लगाईसकिएको भएपनि खोप लगाएका तथा नलगाएका दुबैलाई कोरोना पोजेटिभ देखिएको थिङ्गले बताइएका छन् ।