आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयर पदका लागि आइतबार ६ जनाले उम्मेद्वार दर्ता गराएका छन् ।राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जनाले गरी ६ जनाले मेयर पदको लागि उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल,नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह,उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतमले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्रबाट लिला कुमारी आचार्य र देव राज पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । हेटौंडाको उपमेयरका लागि आईतबार २ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरी र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराइएका छन् ।