Coronavirus COVID-19

गैसस महासंघ मकवानपुरका अध्यक्ष धिताल परिवार सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

[Ads]

Advertisement

गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल सवार स्करपीयो दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा परि कृष्ण धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको हो । दुर्घटना स्थलबाट अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्रकिलो जुगेडी भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा पर्नुभएका कृष्ण धिताल र उहाँकी छोरी सामान्य अवस्थामा चितवन अस्पतालमा उपचार भइरहेको छ भने चालक र धितालका छोरा गम्भिर घाइते रहेकोले पुरानो चितवन मेडिकल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...