मकवानपुरको कैलाशमा करेन्ट लागेर एक जनाको ज्यान गयो

अनलाइन पत्र संवाददाता२०७७-०७-०६ No Comments

मकवानपुरको कैलाश गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिका वडा नम्बर– १० का ४८ वर्षीय जिवन मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । गएराती आफ्नै घरमा बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

Ad
Ad