नेपाली कांग्रेस मनहरी गाउँपालिकाको सभापतिमा प्रकाश बर्तौला निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट बर्तौलाले प्रतिद्वन्दी शंखर न्यौपानेलाई २१ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

निर्वाचित बर्तौलाले कूल खसेको १६१ मत मध्ये ८२ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी न्यौपानेले ६१ मत प्राप्तका थिए । १६ मत भने बदर भएका थिए । त्यस्तै उपसभापतिमा सुर्य बहादुर रोक्का र उत्तम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही तथा सह सचिवमा गंगामाया कोइराला र चट्टान स्याङ्तान पनि सर्वसम्मत चयन भएका हुन् । ४५ सदस्यीय कार्यसमितिमा अधिवेशनले पदाधिकारीसहित ३६ जना चयन गरेको छ भने बाँकी ९ जना कार्यसमितिले मनोनित गर्नेछ ।