नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको अायोजनामा हेटौंडा १६ शक्ति खोलामा भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ५४ जना विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

हेटौडा १६ का वडासभापति एवं वडाअध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहालको प्रमुख अातिथ्यतामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम भएको हो । भेलाले हेटौंडा १६ शक्तिखोलाका पूराना ४ बृद्ध नेतालाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा पदमेश्वर भ्लोन, रामसिं डिम्डुङ, धनलाल मुक्तान र धनलाल घलान रहेका छन् । त्यस्तै नेपाल महिला संघले १५ जनालाई सदस्यता वितरण गरेको छ ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, भीमसेन महत, हेटौंडा उपमहानगर सभापति अानन्दराम पराजुली, प्रतिनिधि सभा १ ख का क्षेत्रीय सभापति डिल्ली घोरासैनी, कांग्रेस मकवानपुरका पूर्व सचिव डा. गणेश लामा, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण दल १६ नम्बर वडाअध्यक्ष नवीन तिवारी, स्थानीय नेताहरु कुमारसिं खड्का, वीरबहादुर थिङ्ग, सोमबहादुर मुक्तानलगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।