मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भगवानको स्वरुप झल्किने शिला भेटिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट लगभग १२÷१३ किलोमिटर पर्ने मकपानपुरगढी वडा नम्बर ५ खैरेनीमा यस्तो स्वरुपको शिलाहरु फेला परेको हो । पछिल्लो समय हेर्न जाने भक्तजनहरुको भिड लागेको छ ।

स्थानिय भक्तजनहरुले अहिले हरेक साताको सोमबार त्यहाँ गाईको दुग्ध चढाउने र पुजाआजा गर्ने गरेको एक स्थानिय बताउँछन् । झट्ट हेर्दा भगवान गणेश , शिव , पार्वतीको शिला जस्तो पनि देखिन्छ भने अर्को नागको शिला पनि देखिन्छ । त्यहाँका एक स्थानियले भने मलाई सपनामा देखाएपछि म हेर्न गए हेर्न जाँदा यस्तो स्वरुपहरु भेटियो ।

उनले भने यहाँ अहिले विभिन्न ठाँउबाट मान्छेहरु हेर्न आईरहेका छन् तर यकिन रुपमा यो भगवानको मुर्ती हो भन्न सकिएको छैन । कोहीले भन्छन् यहाँ देवीदेवता रहेका छन् कोहीले महादेव भगवान छन् यस्लाई सरसरफाई गरेर राख्नु पर्छ । दृश्य हेर्ने हो भने त्यहाँ अचम्मको दृश्यहरु देख्न सकिन्छ । कतै पानी त्यही उत्पन्न भएर तप तप झरिराछन् भने त्यहीँ नजिकै पानीको ठु्लो मुल फुटिरहेका छन् ।

यस्तै दृश्य केही वर्ष पहिला मकवपानपुरकै मकवानपुरगढी वडा नम्बर ८ बुढीचौरमा भेटिएको थियो । अहिले त्यो स्थानमा संघिय सरकार , प्रदेश सरकार र स्थानिय सरकारले बजेट पारेर धार्मिक तथा पर्यटकीय क्षेत्रमा बनाएको छ ।