मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा रहेको सनराईज युथ क्लवको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट क्लवको अध्यक्षमा अशोक स्याङ्तान सर्वसम्मत चयन भएका छन् । स्याङ्तानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन भएका छन् । क्लवको उपाध्यक्षमा राजेश चौलागाँई , सचिवमा विष्णु प्रसाद सिल्वाल , सहसचिवमा सिता लामिछाने (सापकोटा) र कोषाध्यक्षमा शान्तिमाया स्याङ्बो चयन भएका छन् । सदस्यहरुमा सुर्य लुङ्वा , अशोक पाख्रीन , रेखा स्याङ्तान , जिवन विष्ट , रमेश घिमिरे र सन्तोष स्याङ्तान चयन भएका छन् ।

साधारणसभा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्क माया रुम्बाको प्रमुख आतिथ्यतामा भएको थियो । साधारण सभामा वडा नम्बर ६ को वडाध्यक्ष टिका प्रसाद दाहाल , गाउँकार्यपालिका   सदस्य चिनीमाया लुङ्वा ,जाल्पा देवीका प्रधानाध्यापक राजु प्रसाद गौतम , जनक मा.वि.का प्रधानाध्यापक विरेन्द्र कुमार यादव , डुम्रेकुना टोल विकास संस्थाका अध्यक्ष नर बहादुर स्याङ्तान लगायत अन्य संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।