पहिरोका कारण भैँसे भिमफेदी सडकखण्ड अवरुद्ध

Company Register

मकवानपुरको हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ। भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ। पहिरोका कारण भीमफेदी हुँदै हेटौँडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन्। भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ। उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिराका कारण यातायात अवरुद्ध हुने गरेको थियो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...