जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सुचना जारी गर्दै भेला सम्मेलन , बैठक नगर्न अपिल गरेको छ । सोमबार सुचना जारी गर्दै विश्वभर र छिमेकी देशहरुमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेको र नेपालमा पनि संक्रमण बढ्न सक्ने भएकाले सभा,भेला, सम्मेलन, जुलुस, र्याली, जमघट लगायत भिडभाड हुने कुनै कार्य नगर्न सुचनामा उल्लेख छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत अपिल गरेको छ ।