मकवानपुर क्षेत्र नंम्बर २ को (क) अन्तर्गत प्रदेशसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुमारी मोक्तानले अग्रता लिएको छ । हाल २९०१० मत गणना गरिसक्दा कुमारीले नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकाललाई उछिन्दै अग्रता लिएको हो ।
कुमारीले १३०३० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार ढकालले १२५४० मत ल्याएर पछाडी परेका छन् । यसअघि ढकालले लगातार अग्रता लिईरहेको थियो । ढकाल भन्दा मोक्तान ४९० मतले अगाडी रहेकी छन् । त्यस्तै राप्रपाका उम्मेदवार राम बहादुर घलेले १८०२ मत प्राप्त गरेका छन् । अहिले मत गणना जारी रहेको छ ।