मकवानपुरको भीमफेदी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छ । सपथ लिएसँगै पदभार ग्रहण पनि गरेका छन् । पदभार ग्रहणसँगै गाउँपालिका क्षेत्र भित्रका सबै अपाङ्गता भएका बालबालिकाहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

रकमको अभाव भएर उपचार नहुने बालबालिकाको पनि उपचार नभएको अवस्थामा गाउँपालिकाले बालबालिकाको हितमा निर्णय गरेको अध्यक्ष लामाले बताए । बालबालिका भविष्याका कर्णधार रहेको भन्दै लामाले बालबालिकालाई स्वस्थ बनाउन सके गाउँपालिकानै स्वस्थ हुने बताए । गठवन्धनलाई दोश्रो पटिक पनि पराजित गर्दै विजयी भएका लामाले सुखि भिमफेदी, समृद्ध भीमफेदी बनाउने अभियानको सुरुवात यो निर्णयबाट भएको उनको भनाई रहेको छ ।