लागुऔषधसहित हेटौंडाका तीन जना पक्राउ

Company Register

हेटौंडाबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हेटौंडा–५ बस्ने ३२ वर्षीय एन्जल मास्के, हेटौंडा–१४ बस्ने ३० वर्षीय सरोज डंगोल र हेटौंडा–१ बस्ने ३४ वर्षीय शुशिल कुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले हेटौंडा–५ स्थित मास्केको घरकोठामा चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखीने पदार्थ २५० मिलिग्राम फेला परेको हो । डंगोल र लामालाई लागुऔषध जस्तो देखिने पदार्थ खरिद गर्न मास्केको घरमा आएको बोला पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...