मकवानपुरमा बुधबार बिहानै ३० जना कोरोना संक्रमित थपिएका छन् । असोज २ गते र त्यसपछि संकलन गरिएको स्वाबको हेटौँडा–१० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १८३ जनाको परीक्षणमा ३० जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिभयो । संक्रमित हुनेहरु बकैया , बागमती , मकवानपुरगढी , मनहरी गाउँपालिकाका र जिल्ला बाहिरका ३ जना रहेका छन् । संक्रमित हुनेमा ९ महिला र २१ पुरुष रहेको छ । त्यसैगरी २२ जनामा भने पुन पोजेटिभ रहेको जनाइएको छ।

20201021_055737-1603239415.jpg