2025-12-11 9:52 pm

हेटौंडा–८ का वडाध्यक्ष थापाले सरकारी साधन प्रयोग नगर्ने

हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ८ का नवनिर्वाचित वडाध्यक्ष रामकृष्ण थापाले सरकारी साधन नचढ्ने बताएको छ । सोमबार पदभारग्रहण गर्दै वडाध्यक्ष थापाले सरकारले प्रदान गर्ने सवारी प्रयोग नगर्ने र वडामा रहेको सामुदायिक विद्यालयका २४५ विद्यार्थीहरुलाई तत्काल निशुल्क विद्यालय पोशक दिने निर्णय गरेका हुन्।

पदभारग्रहणसँगै उनले सराकारी सवारी नचढ्ने र जेहनदार,गरिब र न्युन आय भएका र वडाभित्रको सामुदायिक विद्यालयमा अध्यययनरत २४५ विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराउने उदघोष गरेका छन्। म जनताको मन जितेर आएको हु,अब जनताको काममा लाग्छु,म हिजो कुनै राजनैतिक दलको थिए होला,तर आजबाट जनताको हु,त्यसैले मलाई राजनैतिक दलको ट्याग नलगाइदिनुहोला उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad