हेटौंडामा १ करोडको लागतमा निर्माण गर्न लागिएको गुम्बाको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१६ मा निर्माण गर्न लागिएको उर्गेनछेरीङ गुम्बाको मेयर हरिबहादुर महतले शिलान्यास गर्नु भएको छ । उर्गेनछेरीङ गुम्बा निर्माण गर्नका लागि पुननिर्माण प्राधिकरणले एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।