Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मनहरीका सुकुम्बासीलाई लत्ता कपडा वितरण

Company Register

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर – ९ ज्यामीरे स्थित सुकुम्बासी बस्तिमा बसोबास गर्ने सुकुम्बासीहरुलाई सोमबार लत्ता कपडा बितरण गरिएको छ । नागार्जुन नगरपालिका १० स्युचार काठमाडौमा रहेको प्रेरणा महिला समूहको सहयोगमा २ सय थान लत्ताकपडा ३५ घर सुकुम्बासी परिबारलाई स्थानिय युवा समाजसेवी ईश्वर थापाको नेतृत्वमा बितरण गरिए हो ।

Advertisement

लामो समय देखि ज्यामिरेको नयाँ बस्ती ,बगर टोल र खयरघारी टोलमा बसोबास गर्दै आइरहेका सुकुम्बासी परिबारको आर्थिक अबस्था नजुक रहेका कारण उनिहरुलाई केही सहजता होस भन्दै कपडा बितरण गरिएको स्थानिय युवा समाजसेवी इश्वर थापाले बताउनु भयो । सोमबार बगरटोलमा एक कार्यक्रमको आयोजना गरि गर्मीयाममा प्रयोग गर्न मिल्ने विभिन्न लत्ताकपडा बितरण गरिएको हो । यस अघि उक्त सस्थाको ब्यबस्थापनमा मनहरी –६ हाङालाङ पनि लत्ताकपडा बितरण गरिएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...