मकवानपुर प्रहरीले कौडा खेलिरहेको अवस्थामा ८ जनालाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ सहित पक्राउ गरेको छ । आईतबार बकैया गाउँपालिकाको वडा नंबर ९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा वडा नंबर ९ हर्कपुर बस्ने ३६ वर्षीय दावा लामा बम्जन,वडा नंबर ४ ठुलोथली बस्ने ४० वर्षीय दिपलाल थोकर,सेतोभिर बस्ने ४९ वर्षीय सुन्दर घिसिङ,५५ वर्षीय राम बहादुर थिङ,वडा नंबर ५ पाङ्रेखोला मगरटोल बस्ने ३२ वर्षीय शुसिल लामा,३८ वर्षीय कमल थिङ,वडा नंबर ११ गमलटार बस्ने ४५ वर्षीय बिजय वाईबा र २६ वर्षीय आकाश न्यासुर रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाए ।