नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुु २७ गते हुने भएको छ । मिति तय भईसकेर पनि अनिश्चित कालको लागि स्थगित भएको जिल्ला अधिवेशन पुस २७ गते हुने भएको हो । केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसको १६ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ ।