वाग्मती प्रदेशको संसदीय दलको नेतामा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहको अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रचण्ड समुहका संसदीय दलका उपनेता शालिकराम जमकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेसंगै संसदीय दलको नेता चयन गरिएको हो ।काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।