हेटौंडामा बुधबारबाट जाम, चिप्स तथा दालमोठ उत्पादन सम्बन्धी तालिम सुरु भएको छ । उद्घाटन कार्यक्रममा महिला उद्यमी विकास समितिका सभापति नीलम बैद्यको सभापतित्व तथा मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै समितिका सभापति बैद्यले महिलाहरुलाई आयमूलक कार्यतर्फ उत्प्रेरित गर्न एउटा पहलको रुपमा तालिम सञ्चालन गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेले तालिमबाट सामाग्री उत्पादन तथा बजारीकरणका लागि पनि ज्ञान प्राप्त हुनाले तालिम उपलब्धिमुलक हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागीहरुलाई मउवासंघ कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठले स्वागत गरेका थिए । जाम, चिप्स तथा दालमोठ उत्पादन तालिम पौष १५ र १६ गते गरि २ दिन सञ्चालन हुनेछ ।