
मकवानपुरको मनहरी गाउँपालिकामा ६ वटा वडा कार्यालयको भवन निर्माण हुँदैछ । भाडामा र जिर्ण साघुरो भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले ६ वटा वडामा नयाँ भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् । मनहरीको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण गर्न लागिएको उप्रेतिले जानकारी दिए ।
एक करोड रुपैयाँ जिल्ला समन्वय समिति मकवानपुरले एक वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछी ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य सुरु गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । ठेक्का मार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




