बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट यस बर्ष दाजर्लिङ निवासी वरिष्ठ गायिका दाबा ल्याल्मोलाई प्रदान गरिने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत प्रतिठानले यो बर्षको पुरस्कार घोषणा गरेको हो । बरिष्ठत्तमका आधारमा नेपाल र नेपाल बाहिर रहेर सङ्गीत क्षेत्रमा लागेका बरिष्ठ गायक गायिकाहरुलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । गत बर्ष कोरोना भाईरसका कारण र २०७५ मा प्रबिधिक कारण पुरस्कार बितरण गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले बताए ।

यो बर्षको पुरस्कार आगामी माघ १७ गते शनिवारका दिन रिगल हेटौँडा रिसोर्टमा विशेष साङ्गीतिक कार्यक्रमका साथ १२ औँ संस्करण गरीने अध्यक्ष आचार्यले पत्रकार सम्मेलनमा बताए । साथै यसै बर्षदेखी समारोहमा प्रतिष्ठानले पहिलोपटक रु। २० हजार राशिको भीम विराग सङ्गीत युवा पुरस्कार २०७७ दक्षिण एसियाकै पहिलो महिलाहरूको साङ्गीतिक समूह हार्मोनीः महिला गायन समूह पोखरालाई प्रदान गर्ने बताएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्व अध्यक्ष तुलसी थापा,पुर्ब माहासचिब शुसिला मानन्धर,समाजसेबी मुक्तीगोबिन्ध बैध्य,उपाध्यक्ष विष्णुगोपाल महर्जन,मउबासंघका बरिष्ठ उपाध्यक्ष माधब नयौपाने लगाएतका उपस्थिति रहेको थियो ।