यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडामा सुबिधा सम्पन्न सभाहलको निर्माण कार्य सुरु


हेटौंडामा सुबिधा सम्पन्न सभाहल निर्माण गर्न सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयको पछाडीको खाली जग्गामा कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माण गर्न बुधबारबाट सुरु गरिएको हो । सभाहल निर्माण भएपछि बागमती प्रदेश सरकार र उपमहानगरपालिकाले प्रयोग गर्नेगरी सभाहल निर्माण गर्न सुरु गरिएको मेयर हरिबहादुर महतले वताउनुभयो । प्रदेशका सातवटै मन्त्रालय र उपमहानगरपालिका आफैको सभाहल नहुँदा विभीन्न कार्यक्रम गर्नका लागि समस्या हुने गरेको थियो । अब भने यो सभाहल निर्माण भएपछी यस्ता खालका समस्या हट्ने र हलको स्वामित्व उपमहानगरपालिकाको हुने मेयर महतले वताउनुभयो ।

Advertisement
सभाहलमा चार सय जना अट्ने क्षमता रहेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले निर्माण गर्न लागेको सभाहलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार शिलान्यास गर्नु भएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यो हल हेटौंडाको गहना भएको वताउनुभयो । हल निर्माणको काम छिटो सक्नका लागि निर्देशन दिदै उहाँले भन्नुभयो–‘हल बैज्ञानिक र आधुनिक तरिकाले निर्माण गर्न लागिएको छ । यसपछी कार्यक्रम गर्न सहज हुने छ ।’ कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले प्रदेश सरकारले पुल, सडक, भवन निर्माणका काममा तिव्रता दिएको वताउनुभयो । प्रदेशको राजधानी हेटौंडा र काठमाण्डौ जोड्ने सुरुङमार्ग निर्माण र अरु जिल्लासंग जोड्ने सडक निर्माणको कामले तिब्रता पाउने वताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।