यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडामा बागमती प्रदेशसभाको सभाहल शिलान्यास


बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा प्रदेशभाको सभाहल निर्माणको काम सुरु भएको छ । कुल ४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा प्रदेशभाको हल बुधबारबाट निर्माण गर्न लागिएको हो । हेटौंडा –१० टिसिएनमा रहेको प्रदेशसभा भवनसंगै हल पनि निर्माण गर्न लागिएको हो । सभाहलको प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले शिलान्यास गर्नु भएको हो । २ सय ५० जना अट्ने क्षेत्रमताको सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ । भवनको शिलान्यास गर्दै सभामुख श्रेष्ठले यो सभाहल शिलान्यास गर्न पाउँदा खुसी लागेको वताउनुभयो । समय भन्दा अगाडीनै काम सक्नका लागि उहाँले निर्देशन समेत दिनुभयो । प्रदेशका सबैजसो भवन एकै स्थानमा बनाउने तयारी रहेको उहाँले वताउनुभयो ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाल ,बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँ , प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।