Comments Add Comment

शारिरिक रुपमा अपाङ्गता भएका मकवानपुरका २६ जनालाई ह्वीलचियर र ट्राइसाइकल वितरण

शारिरिक रुपमा असक्त रहेका मकवानपुरका २६ जनालाई ह्वीलचियर र ट्राइसाइकल वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले अपाङ्गता भएका मकवानपुरका २६ जनालाई ह्वीलचियर र ट्राइसाइकल वितरण गर्नुभयो । अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना, हेटौंडा उपमहानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश र राष्ट्रिय अपाङ्ग पुनरस्थापना केन्द्रकाठमाण्डौको सहयोगमा सामाग्री वितरण गरिएको हो ।

अपाङ्गता भएकै कारण ओहोर दोहोर गर्नका लागि समस्या भोग्दै आएकाहरुलाई ह्वीलचियर र ट्राइसाइकलले हिडडुल गर्नका लागि सहयोग पुग्ने मेयर महतले वताउनुभयो । कुनैपनि बेला जोसुकै पनि अपाङ्ग हुन सक्ने भएकाले उनीहरुका निम्ती सहयोग गरिनुपर्ने वताउनुभयो । हेटौंडाका अपाङ्गता भएका व्यक्तिलाई नगरसभामा बजेट राखेरनै सहयोग गरिने बताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत नबराज घिमिरे, उपमहानगरपालिकाका महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने, राष्ट्रिय अपाङ्ग महासंघका नेपाल संघिय कार्यसमितीका सदस्य तथा राष्ट्रिय अपांगता पुनस्थापना समाजका प्रमुख सुमन भट्टराई, राष्ट्रिय अपांग महासंघ वागमती प्रदेशका अध्यक्ष अस्विन लम्साल लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । जनपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर