हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार भएको शिविरमा १५० जनाले स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य शिविरमा विशेष गरी मधुमेह ,उच्च रक्तचापको परीक्षण भएको थियो ।

सहकारीका अध्यक्ष जानकी चौधरीको अध्यक्षता , वडा नं ५ का वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा स्वास्थ्य संयोजक यम श्रेष्ठ ,सञ्चालक समिति सदस्य देव बुढाथोकी, जनप्रवाह क्लबका अध्यक्ष हरी बहादुर कुँवर , राजु कुँवर, प्रशान्त भुजेल र पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे लगायतको उपस्थिति रहेको थियो । उक्त शिविर जनप्रवाह क्लबको विशेष सहयोगमा समपन्न भएको छ । शिविर शान्ति नगर टोल विकास संस्था तथा जनप्रवाह क्लको भवनमा भएको थियो ।