मकवानपुर तामाङ कलाकार संघको आयोजनामा शनिबार हेटौैंडामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । २८५७ औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बागमती प्रदेशसभा सदस्य ओम घलानले तामाहरुको कला, सस्कृति जगेर्ना गरि स्थापना भएको संघको सफलताको शुभकामना ब्यक्त गरे ।

Image may contain: 2 people, people dancing, people standing, people on stage and indoor

नेपालमा गणतन्त्र प्राप्तीको आन्दोलनमा तामाङ जातीको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनले कला सस्कृति जगेर्ना गर्ने, भाषालिपिलाई समेत अझ परिस्कृत गर्दै लैजाने कुरामा तामाङ समुदायले ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य सुनिल मोक्तान, बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा सहित तामाङ कलाकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष धिरेन्द्र लामाको अध्यक्षतामा भएको हो ।

Image may contain: 5 people, people sitting, people standing and indoor