राक्सिराङमा कांग्रेसद्धारा सरकारविरुद्ध प्रदर्शन , १०६ जना पार्टीमा प्रवेश

संसद विघटन गरिनु असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विरोधसभाको आयोजना गरेको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि सरकारको कदमविरुद्ध प्रदर्शन भएको छ । राक्सिराङ गाउँपालिकाको बोडबारीदेखि चैनपुरसम्म विरोध र्‍याली निकालिएको थियो । चैनपुरमा विरोधसभाको आयोजना गरिएको थियो । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बाको अध्यक्षतामा भएको कार्यकममा नेपाली कांग्रेस महासमिति सदस्य उमा दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, पार्टी जिल्ला सदस्य एवम् ८ नम्बर वडाका निर्वाचित वडाध्यक्ष रामकृष्ण प्रजा, पार्टी पूर्व जिल्ला सहसचिव विष्णुराम चेपाङ, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, पार्टी क्षेत्रीय सचिव सन्त थापा, राक्सिराङ–२ का वडाध्यक्ष सूर्यबहादुर मोक्तान, पार्टी १ नम्बर वडा सभापति सिंगराम ब्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग गरी १ सय ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सरकारको असंवैधानिक कदमविरुद्ध कांग्रेसले निरन्तर आन्दोलन गर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad