बस्तीपुर जेसिजको अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएको छ । शनिबार भएको निर्वाचनबाट भेटवाल निर्वाचित भएको हो । ६० मत प्राप्त गरी भेटवाल जेसिजको अध्यक्षमा निर्वाचित भएको हो । अर्का आकांक्षी प्रकाश थोकरले ३८ मत ल्याएका थिए । यस्तै कार्यकारिणी उपाध्यक्षमा आकाश पाठक ९८५ मत० र तेज उप्रेती ‘रमेश’ ९६६ मत० प्राप्त गरी विजयी भएका छन् । बस्तीपुर जेसिजको उपाध्यक्षमा भने रामचन्द्र दाहाल, कृष्ण ढकाल, शंकर नेपाल र महेन्द्र राना सर्वसम्मत निर्वाचित भएका छन् ।