Comments Add Comment

लायन्स क्लब अफ पाथीभरा गोल्डमा बस्नेत

लायन्स क्लब अफ पाथीभरा गोल्डको अध्यक्षमा लायन रश्मि बस्नेत चयन भएकी छिन् । क्लबको चौथो बार्षिक साधारण सभाले लायन्स वर्ष २०२०÷२१ का लागि बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा लायन सबिना थापा, द्वितीय उपाध्यक्षमा मल्लिका श्रेष्ठ, सचिवमा अप्सरा मानन्धर र कोषाध्यक्षमा सजिता पोखरेल पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
लायन बर्ष २०१९÷२० की अध्यक्ष लायन आषिका श्रेष्ठको अध्यक्षतामा भएको सभाले नयाँ समितिलाई आधिकारिकता प्रदान गरेको छ । लायन्स वर्ष २०१७÷१८ मा गठन भएको क्लबले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

बस्नेत हेटौंडा लेडी जेसिजको २०१२ अध्यक्ष, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाकी शिक्षक, नेपाल अंग्रेजी भाषा शिक्षक संघ(नेल्टा)को आजिवन सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर