मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १७ चुच्चेखोला स्थित कर्रा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१७ गौरीगाउ राईटोल बस्ने अन्दाजी ५१ बर्षीय पुर्ण बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोला तर्ने क्रममा उनको डुबेर भएको प्रहरीको अनुमान छ। राईलाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।