Comments Add Comment

सामरी खोला छेउमा मगरको शव फेला

मकवानपुरको सामरी खोला छेउमा एक जना पुरुषको शव फेला परेको छ । बिहिबार बिहान मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंम्बर १ स्थित बुङ्दलमा सामरी खोलाको छेउमा क्रसरले बनाएको बाटोको हिलोमा लडेर पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा भिमफेदी–१ बाघझोराका ५५ वर्षीय सुर्य बहादुर पुलामी मगर रहेको प्रहरीले जनाएको छ । मगर आफ्नो घर बाघझोराबाट बुङ्दलमा छोरीको घरमा आएका थिए । बिहानै उठेर बगरमा बालुवा गिट्टी छान्ने भनेर छोरीको घरबाट सामरी खोलामा गएको स्थानीयले बताए । उनको शवलाई पोष्टमार्टमका हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। स्थानीयका अनुसार क्रसरले बाटो बनाएर खोल्टो नपुरेको र क्रसरले क्षेतिपुर्ती दिनु पर्ने बताउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर