नेपालले लाओसलाई २–० ले हरायो

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओसलाई हराउँदै नेपाल विजयी भएको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको हो। खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे। ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए। नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि चैत ११ मा लाओस र भुटानबीच खेल हुनेछ।

अनलाइनपत्र संवाददाता

Next Post

सामरी खोला छेउमा मगरको शव फेला

Thu Mar 23 , 2023
मकवानपुरको सामरी खोला छेउमा एक जना पुरुषको शव फेला परेको छ । बिहिबार बिहान मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंम्बर १ स्थित बुङ्दलमा सामरी खोलाको छेउमा क्रसरले बनाएको बाटोको हिलोमा लडेर पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा भिमफेदी–१ बाघझोराका ५५ वर्षीय सुर्य बहादुर पुलामी मगर […]

सम्बन्धित खबर