प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओसलाई हराउँदै नेपाल विजयी भएको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको हो। खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे। ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए। नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि चैत ११ मा लाओस र भुटानबीच खेल हुनेछ।