Comments Add Comment

घोडेजात्राको दिन पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंगलबार घोडेजात्राका अवसरमा सार्वजनिक बिदा दिइए पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो।

भोलि चैत ७ गते घोडेजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिइए पनि उपत्यकाबाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी), आरटीएसलगायतका अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै