Comments Add Comment

स्ववियु निर्वाचनः मकवानपुर क्याम्पसमा छोइसाङ लामा विजयी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसमा छोइसाङ लामा (तामाङ्ग) विजयी भएका छन् । तामाङ अखिल क्रान्तिकारी,नेबिसंघ गठबन्धनका साझा उम्मेदवार हुन् । सोमबार बिहान सम्पन्न मतगणना अनुसार तामाङले ८१३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नवराज शर्मा (पौडेल) ले ६८२ मत प्राप्त गरेका छन्। पौडेल एमाले,नेकपा एस विप्लव निकट तथा अखिल क्रान्तिकारीबाट संयुक्त उम्मेदवार हुन् ।

त्यसैगरी सचिवमा अखिल क्रन्तिकारीकी बर्षाद घिमिरे र कोषाध्यक्षमा अनेरास्ववियुकी हिमाली कुमारी सुवेदी निर्वाचित भएकी छन् । सदस्यहरुमा प्रसिद्ध रेग्मी , प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की , झरना थिङ, नारायण पुडासैनी, सुजन सिलवाल र राहुल डिम्डुङ (तामाङ) विजयी भएका छन् । क्याम्पसमा कुल ३ हजार ९१ मतदान रहेकोमा १ हजार ५ सय ७४ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर