स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत मकवानपुरको जनप्रिय माविको सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मुना गोले विजयी भएकी छन् । आईतबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गोले विजयी भएकी हुन् । एमाले, समाजवादी तथा विप्लवको गठवन्धनबाट उम्मेद्वार बनेकी गोलेले २७ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीसहितको गठबन्धनलाई पराजित गर्दै गोले विजयी भएकी हुन् । त्यस्तै सचिवमा पुष्पा बास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल र सदस्यहरुमा मेनुका दाहाल, पवित्रा अधिकारी तथा विनिता तिमल्सिना निर्वाचित भएका छन् ।