Comments Add Comment

स्ववियु निर्वाचन : वंशगोपालमा दिवस सिल्वालको प्यानल विजयी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी भएको छ । आइतबार भएको निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानलनै विजयी भएको हो । सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् ।

यसैगरी सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने २० मत, कोषाध्यक्षमा रुपा राई १७मत, सदस्यहरुमा सपना राउत २३ मत, सुजन गोले १७ मतसहित विजयी भएका छन् । सिल्वालको प्यानलमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्‍द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बीच गठबन्धन थियो भने गौतमको प्यानलमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर