
काठमाडौं – बिश्व्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि नीजि क्षेत्रले पुर्याएको योगदान निकै नै ठुुलो रहेको छ । उक्त योगदानको कदर शव्दमा गर्न संकिदैन । कोभिड १९ को पहिलो लहरमा होस वा दोस्रो लहरमा उद्योगी व्यवसायीहरुले आफ्नो बलबुता र क्षमताले भ्याएसम्म आम नागरिकलाई कोभिड १९ को नियन्त्रण, संक्रमण रोकथाम, उपचार र उपचार पछिको पुनरोत्थानमा पनि सहयोग गरिरहेकाछन ।
यो सहयोगको क्रम अहिले पनि जारी नै रहेको छ । उद्योगी व्यवसायीहरुले आफ्नो छाता संगठन नेपाल उद्योग बाँणिज्य महाँसघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कर्मश, सहितका दर्जनौं संघसंगठनहरुले कोभिड १९ को नियन्त्रण तथा उपचारको लागि आवस्यक स्वास्थ साम्रागी, दैनिक उपभोग्य बस्तु सहितका खाद्य सामाग्री, स्वास्थ परामर्श तथा उपचारको लागि टेलि हेल्थ सेन्टर आदि सञ्चालन गरेर बिश्व महामारी नियन्त्रणमा हातेमालो गरिरहेकाछन । महामारीबाट जोगाउने प्रमुख दायित्व सरकारको हो, सरकारको यो दायित्वमा नीजि क्षेत्र सरकार भन्दा अगाडि बढेर सरकारलाई सहयोग गरिरहेको छ ।
तर अहिले सरकारले कोभिड १९ को भ्याक्सिन लगाउनमा यो समुहलाई उपेक्षा गरिरहेको छ । कोभिड १९ को नियन्त्रणको लागि अग्रपक्तिमा खटिने समुह जस्तै गरी यो समुह खटिएको छ, तर अहिलेसम्म पनि कोरोनाको खोप लगाउने प्राथमिकतामा यो समुह नर्पनुु दुुखद भएको उद्योग व्यवसायीहरुले बताएकाछन । नेपाल उद्योग वाणिज्य महासंघको योगदानलाई सरकारले कतिको कदर गर्यो त्यो त पछि कुरा गरौंला तर नेपालभर जिल्ला र नगरमा हामी उद्योगी व्यवसायीहरू ग्याँस प्लान्टदेखि आइसोलेसनसम्म बनाउदै सहयोग गर्दै हिड्नेलाई कोभिडको खोप पनि दिनुुपर्छ भन्ने समेत कसैको पहल नभएको देख्दा दुख लाग्छ, व्यवसायीहरु भन्छन ।
जिल्ला नगर उद्योग बाँणिज्य संघबाट साथीभाईहरूको आवाज लाई मध्यनजर गर्दै हामी जिल्ला नगर उद्योग बाँँणिज्य संघ अब नयाँ सोचको साथ अगाडि बढने बेला आएको छ । साथीभाईले फोन मार्फÞत व्यक्त गर्नुभएको अभिव्यक्तिहरुलाई लिखितरूपमा जिल्ला नगरबाट विज्ञप्ति निकाल्नुहोस, मेरो साथ संधै रहने छ सो बिषयमा व्यवसायी अरुण राज सुमार्गी (केन्दीय सदस्य जिल्ला नगर) भन्नुहुन्छ ।







